च्याम्पियन्स लिग

सहरी प्रतिद्वन्द्वी एट्लेटिकोलाई पेनाल्टीमा स्तब्ध बनाउँदै साविक विजेता रियल क्वार्टरफाइनलमा

नेपालभ्युज

सहरी प्रतिद्वन्द्वी एट्लेटिकोलाई पेनाल्टीमा स्तब्ध बनाउँदै साविक विजेता रियल क्वार्टरफाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड पेनाल्टी सुटआउटमा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनमा प्रवेश गरेको छ ।

मेट्रोपोलिटानोमा बिहीबार बिहान सकिएको खेलको पेनाल्टी सुटआउटमा साविक विजेता रियलले एट्लेटिकोलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २–२ को बराबरी गरे । पहिलो लेगमा रियल २–१ ले विजयी भएको थियो ।

अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल गर्न नसके निर्णयका लागि खेल पेनाल्टी सुटआउट गएको थियो ।

सुरवाती तीन पेनाल्टीमा दुवै टोली सफल भए । त्यसपछि जुलियन अल्भारेज एट्लेटिकोको दोस्रो पेनाल्टी लिन गए । तर, उनी बल प्रहार गर्दा चिप्लिए । जसले गर्दा बल गोल भयो । तर उनले दुई पटक बल छोएको हुनाले भीएआर रिभ्यू पछि उनको गोल रद्द गरियो।

फेडेरिको भाल्भर्डेले पेनाल्टी गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । त्यसपछि एट्लेटिकोका गोलकिपर यान ओब्लाकले लुकास भास्क्वेजको पेनाल्टी बचाउँदै टोलीलाई आशा दिलाए । तर, मार्कोस ल्लोरेन्टेले पेनाल्टी बारमा ठोक्किएपछि रियल जितनजिक पुग्यो ।

अन्त्यमा एन्टोनियो रुडिगरले निर्णायक पेनाल्टी स्कोर गर्दै सर्वाधिक १५ पटकको विजेता रियललाई अन्तिम आठमा पुर्याए ।

2204779852

यस्तै दुई इङ्ग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

आर्सनलले घरेलु मैदानमा डच टोली पीएसभी आइन्डहोभेनसँग २–२ को बराबरी खेलेका थिए । पहिलो लेगको ७–१ को जितले समग्रमा ९–३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो ।

अर्को खेलमा भिल्लाले बेल्जियन टोली क्लब ब्रुगलाई ३–० ले सहजै पराजित गर्यो । पहिलो लेगमा ३–१ जित निकालेको भिल्लाले समग्रमा ६–१ को अग्रतासहित अघि बढ्यो ।

त्यस्तै लिलविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै बोरुसिया डर्टमन्डपनि े क्वार्टरफाइनलमा प्रवेश गरेको । पहिलो लेग १–१ बराबरीमा सकिएको थियो । समग्रमा डर्टमन्ड ३–२ ले अघि रहेको हो ।

सम्बन्धित समाचार :

लिभरपुलविरुद्ध पहिलो लेगको नतिजा उल्टाउँदै पीएसजी क्वार्टरफाइनलमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved