च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा

सेमिफाइनलमा पुग्न रियलले आर्सनलको सामना गर्ने, बार्सिलोनाले डर्टमन्ड प्रतिद्वन्द्वी पायो

नेपालभ्युज

सेमिफाइनलमा पुग्न रियलले आर्सनलको सामना गर्ने, बार्सिलोनाले डर्टमन्ड प्रतिद्वन्द्वी पायो

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

बिहीबार बिहान अन्तिम १६ का चार खेल सकिएसँगै सन् २०२४–२५ को सिजनमा अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।

सेमिफाइनल प्रवेशका लागि सर्वाधिक १५ पटकको विजेता स्पेनिस क्लब रियल मड्रिड र इङ्लिस क्लब आर्सनल भिड्नेछन् ।

साविक विजेता रियल सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई हराउँदै अन्तिम आठमा पुगेको हो ।

यस्तै पाँच पटकको विजेता अर्को स्पेनिस क्लब बार्सिलोनाले एक पटकको विजेता जर्मन क्लब बोरुसिया डर्टमन्डको सामना गर्नेछ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एक पटकको विजेता इङ्लिस क्लब एस्टन भिल्ला प्रतिद्वन्द्वी पाएको छ ।

यसैगरी ६ पटकको विजेता जर्मन क्लब बायर्न म्युनिख र तीन पटकको विजेता इटालियन क्लब इन्टर मिलानबीच अन्तिम चार प्रवेशका लागि भिडन्त हुनेछ ।

क्वार्टरफाइनलका पहिलो लेग अप्रिल ८ र ९ तथा दोस्रो लेग १५ र १६ तारिखमा हुनेछ ।

सम्बन्धित समाचार :

सहरी प्रतिद्वन्द्वी एट्लेटिकोलाई पेनाल्टीमा स्तब्ध बनाउँदै साविक विजेता रियल क्वार्टरफाइनलमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved