बुच र सुनीताको उद्धारका लागि स्पेसएक्सको रकेट प्रक्षेपण, घर फिर्तीको आशा

नेपालभ्युज

बुच र सुनीताको उद्धारका लागि स्पेसएक्सको रकेट प्रक्षेपण, घर फिर्तीको आशा

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनीता विलियम्सलाई उद्धार गर्न स्पेसएक्सले नयाँ चालक दल बोकेको रकेट प्रक्षेपण गरेको छ।

यो प्रक्षेपणले नौ महिनाभन्दा बढी समयदेखि आईएसएसमा रहेका उनीहरुको घर फिर्तीको आशा जगाएको छ।

बीबीसीका अनुसार  प्राविधिक चुनौतीहरूका बाबजुद, नासा र स्पेसएक्सले उनीहरूलाई सकुशल पृथ्वीमा फर्काउन हरसम्भव प्रयास गरिरहेका छन्।

जुन २०२४ को सुरुमा आईएसएसमा पुगेका उनीहरुको आठ दिन मात्र बस्ने योजना थियो, तर उनीहरूले प्रयोग गरेको बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक समस्या देखिएपछि बसाइ लम्बिएको हो।

नयाँ चालक दल आईएसएसमा पुगेको दुई दिनपछि बुच र सुनीताले पृथ्वीतर्फको यात्रा सुरु गर्ने बीबीसीले जनाएको छ । नासाको कमर्सियल क्रु प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले यो सम्भावनाप्रति खुशी व्यक्त गर्दै बुच र सुनीताले उत्कृष्ट काम गरेको र उनीहरूलाई फिर्ता ल्याउन उत्साहित रहेको बीबीसीले बताएको छ ।

पृथ्वीमा फर्कने क्याप्सुलको सुरक्षित पुन: प्रवेशका लागि पृथ्वीको अवस्था सही नभएसम्म थोरै ढिलाइ हुन सक्ने आईएसएस कार्यक्रमका प्रबन्धक डाना वाइगेलले जानकारी दिएको बीबीसीमा उल्लेख छ  ।  मौसम अनुकूल नभएमा थप समय लाग्न सक्ने बताइएको छ ।

बीबीसीका अनुसार सुनीता विलियम्सले अन्तरिक्ष स्टेशनमा बस्न पाउँदा खुशी लागेको र यो आफ्नो ‘खुशीको ठाउँ’ भएको बताएकी छिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved