जनकपुरधाममा एक दिन ढिलो गरी उल्लासपूर्वक मनाइयो होली (तस्वीरहरू)

जनकपुरधाममा एक दिन ढिलो गरी उल्लासपूर्वक मनाइयो होली (तस्वीरहरू)

जनकपुरधाम । जनकपुरधामलगायत मिथिलिा क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ ।

स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन् ।

 

तराईका अन्य जिल्लामा होली शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी शनिबार होली मनाइएको हो ।

मिथिला मध्यमापरिक्रमा उत्सवका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए ।

नगरका विभिन्न स्थानमा मटकाफोर, जोगिरा गायनजस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved