दोहोरो अङ्कले घट्यो सेयर बजार, १८३ कम्पनी राताम्मे 

नेपालभ्युज

दोहोरो अङ्कले घट्यो सेयर बजार, १८३ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

नेप्से परिसूचक आज १४ दशमलव ८८ अङ्कले घटेर २६८२ दशमलव १५ को बिन्दुमा पुगेको छ ।

बुधबार ३११ कम्पनीका ५४ हजार ६२२ पटकको कारोबारमा ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ रहेको छ ।

५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved