दोहोरो अङ्कले घट्यो सेयर बजार  

नेपालभ्युज

दोहोरो अङ्कले घट्यो सेयर बजार  

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ३८ अङ्कले घटेर २६६९ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१२ कम्पनीका ५५ हजार ४७६ पटकको कारोबारमा ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ रहेको छ ।

६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनी घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये जीवन बीमा बढ्दा अन्य राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved