काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले दिए पुनरावेदन

नेपालभ्युज

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले दिए पुनरावेदन

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका छन् ।

कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ ३ गते काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।

उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले शुक्रबार दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन गरेका हुन् ।

यसअघि लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved