काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देश गम्भीर अवस्थामा रहेको बताएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएपछि उनले यस्तो बताएका हुन् ।
दुई तिहाइको सरकारले तमाम समस्या समाधान गर्नुपर्नेमा त्यसको उल्टो कार्य गरिरहेको लामिछानेको भनाइ छ ।
सरकारको लाज छोप्नलाई आफू अदालतमा घुमिरहेको उनले बताए । “म आवेग उत्तेजनामा छैन । म बोले दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । सरकारको लाज छोप्न अदालतमा घुमिरहेको छु ।”
कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ ३ गते काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।
उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले शुक्रबार दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन गरेका छन् ।
Facebook Comment
Comment