प्रधानमन्त्री कप क्रिकेट

बागमतीले दियो कोशीलाई २४१ रनको लक्ष्य

नेपालभ्युज

बागमतीले दियो कोशीलाई २४१ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशले कोशी प्रदेशलाई २४१ रनको लक्ष्य दिएको छ ।

लमहीस्थि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनमा अलआउट भएको हो ।

बागमतीका लागि शुभ कंशकारले ३९ रन बनाए । अशुतोष घिरैयाले २९ र इशान पाण्डेले २५ रनको योगदान गरे । कप्तान पृथु बासकोटाले २४ रन बनाउँदा विपिन आचार्य २४ रनमा अविजित रहे ।

सुजन थपलिया र प्रकाश कार्कीले २–२ विकेट लिए । फिर्दोश अन्सारी, दिपेश कंडेल र ज्ञानेन्द्र श्रेष्ठले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved