आईपीएलको उद्घाटन खेल

बैङ्लोरको विजयी सुरुवात, कोलकातालाई सात विकेटले हरायो

नेपालभ्युज

बैङ्लोरको विजयी सुरुवात, कोलकातालाई सात विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुवात गरेको छ ।

शनिबार राति इडेन गार्डेनमा भएको उद्घाटन खेलमा बैङ्लोरले तीन पटककाे विजेता कोलकाता नाइट राइडर्सलाई सत विकेटले हराएको हो ।

घरेलु टोली कोलकाताले दिएको १७५ रनको विशाल लक्ष्य बैङ्लोरले तीन विकेटको क्षतिमा २२ बाँकी छँदै १७७ रन बनाएर पूरा गर्यो ।

बैङ्लोरको जितमा विराट कोहली र फिल साल्टले अर्धशतकीय पारी खेले । कोहलीले अविजित रहेर सर्वाधिक ५९ तथा साल्टले ५६ रन बनाए । यस्तै लिम लिभिङस्टोनले अविजित १५ रन पनि जितको लागि निर्णायक रह्यो ।

यसैगरी कप्तान रजत पतिदारले पनि महत्वपूर्ण ३४ रन बनाए भने देवदक्त पडिक्कालले १० रन जोडे ।

कोलकाताका बलरहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७४ रन बनाएको थियो । कोलकाताका लागि कप्तान अजिक्य राहाणेले अर्धशतकीय पारी खेल्कदै सर्वाधिक ५६ रन बनाए ।

बैङ्लोरका लागि क्रुनाल पाण्ड्याले सर्वाधिक तीन विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए । पाण्ड्याले चार ओभरमा २९ रन दिए ।

यससँगै बैङ्लोरले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

प्रतियोगिताअन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछ । पहिलो खेलमा एक–एक पटकका विजेता सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो ५ः४५ बजे हुनेछ ।

अर्को खेल सर्वाधिक पाँच पटकका विजेताहरू चेन्नाई सुपरकिङ्ग्स र मुम्बई इन्डियन्सबीच हुँदैछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

किन भनिन्छ मुम्बई भर्सेस चेन्नईको खेललाई भारतको ‘एल क्लासिको’ ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved