काङ्ग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

नेपालभ्युज

काङ्ग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

समसायिक विषयमा छलफल गर्न बैठक बस्न लागेको कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुनुपर्ने हो । तर सभापति शेरबहादुर देउवाले यसलाई पूर्णता दिएका छैनन् । हाल ३७ सदस्यीय मात्रै कार्यसम्पादन समिति छ ।

यसले गर्दा काङ्ग्रेसको विधानअनुसार प्रत्येक महिना कार्यसम्पादन समिति बस्ने व्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved