प्रधानमन्त्री कप क्रिकेट

मधेस सुदूरपश्चिमविरुद्ध १०२ रनमा अलआउट

नेपालभ्युज

मधेस सुदूरपश्चिमविरुद्ध १०२ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमविरुद्ध मधेस १०२ रनमा अलआउट भएको छ ।

एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको मधेस ४२.३ ओभरमा १०२ रन बनाएर अलआउट भएको हो ।

मधेसका लागि प्रदिप पासवानले २३ रन बनाए । पवन सराफले १९ तथा दिपेश दास र रुपेश सिंहले १२–१२ रन बनाए ।

सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले ४–४ विकेट लिए । नारायण जोशी र विकास आग्रीले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved