भूमि अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने सत्तापक्षको निर्णय

नेपालभ्युज

भूमि अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने सत्तापक्षको निर्णय

काठमाडौं । सत्ता पक्षले भूमि अध्यादेशलाई नियमित विधेयकका रूपमा अघि बढाउने भएको छ ।

बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

“सत्ता पक्षले अघि सारेका विषयलाई समेत समेटेर विधेयकका रूपमा अघि बढाउने निर्णय भएको छ । अब नियमित विधेयकका रूपमा अघि बढ्छ,” उनले भने ।

जनता समाजवादी पार्टी नेपालको विरोधपछि सरकारले भूमिसम्बन्धी अध्यादेश संसद्‌मा अघि बढाउन सकेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved