आईपीएल

हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित

नेपालभ्युज

हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद लखनाऊ सुपर जाइन्टसँग घरेलु मैदानमा पराजित भएको छ ।

उप्पलस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा बिहीबार राति भएको खेलमा हैदराबाद लखनऊसँग पाँच विकेटले पराजित भएको हो ।

हैदराबादले दिएको १९१ रनको विशाल लक्ष्य लखनऊले पाँच विकेट गुमाएर २३ बल बाँकी छँदै १९३ रन बनाएर पूरा गर्यो ।

लखनऊको जितमा दुई खेलाडीले अर्धशतक बनाए । निकोलस पुरनले ७० तथा मिचेल मार्शले ५२ रन जोडे ।

शार्दुल ठाकुरले अविजित २२ र डेभिड वार्नरले १३ रन बनाएपछि लखनऊले लक्ष्य भेट्टायो । यस्तै कप्तान ऋषब पन्तले १५ रनको योगदान दिए ।
हैदराबादका लागि प्याट कमिन्सले सर्वाधिक दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनाएको थियो । उसका लागि ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए ।

लखनऊका शार्दुल ठाकुरले सर्वाधिक चार विकेट लिए । उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए ।

यस जितसँगै लखनाऊ अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हैदराबाद छैटौं स्थानमा छ ।

राजस्थानमाथि कोलकाताको सहज जित

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved