जम्मू–काश्मीरमा भिडन्त, केही भारतीय प्रहरीको मृत्यु

नेपालभ्युज

जम्मू–काश्मीरमा भिडन्त, केही भारतीय प्रहरीको मृत्यु
फाइल तस्वीर

काठमाडौं । जम्मू-काश्मीरको कठुआमा भारतीय सुरक्षा बल र विद्रोहीबीच भएको मुठभेडमा केही प्रहरीको मृत्यु भएको छ ।

भारतीय सेनाको राइजिङ स्टार कोप्र्सले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

‘कठुआमा भइरहेको मुठभेडमा शहीद भएका जम्मू–काश्मीर प्रहरी कर्मचारीहरूको अदम्य साहस र बहादुरीलाई हामी सलाम गर्छौं । उनीहरूको बहादुरी र समर्पणलाई सधैं सम्झिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपि, कति प्रहरी मारिए भन्ने स्पष्ट बताइएको छैन ।

राइजिङ स्टार कोप्र्सले बिहीबारदेखि कठुआको सुफियानमा अपरेशन चलिरहेको बताएको थियो ।

कठुआका दुई फरक ठाउँमा विगत चार दिनदेखि आतङ्कवादविरोधी अभियान चलिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved