सरकार सच्चियोस्, राजावादीले दिवा सपना नदेखुन् : पम्फा भुसाल

नेपालभ्युज

सरकार सच्चियोस्, राजावादीले दिवा सपना नदेखुन् : पम्फा भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले सरकारकै कारणले राजावादीहरूले राजसंस्था पुर्नस्थापनाको आन्दोलन सुरू गरेको भन्दै सच्चिन आग्रह गरेकी छिन् ।

समाजवादी मोर्चाको सभामा सम्बोधन गर्दै उनले भ्रष्टाचारीहरूको संरक्षण गरेर, माफियाहरूलाई प्रोत्साहन गरेर सरकारले जनतामा निरासा बढाएको उनले बताइन् । त्यही निरासाको जगमा राजावादीहरूले राजसंस्था पुर्नस्थापनाको आन्दोलन अघि बढाएको उनको आरोप छ । ‘सरकारले एकपछी अर्को भ्रष्टाचारीलाई संरक्षण गरेपछि तस्करीलाई प्रोत्साह गरेपछि र विचौलियाको पक्षपोषण गरेपछि नागरिकहरूमा असन्तुष्टी बढ्यो । संविधानको कार्यान्वयन गर्दै सुशासन मार्फत नागरिकका निरासा अन्त्य गर्न सरकार अब सच्चियोस्,’ उनले भनिन् ।

उनले नागरिकले लडेर ल्याएको व्यवस्था नहट्ने भन्दै राजवादीहरूलाई दिवा सपना नदेख्न आग्रह गरिन् । ‘निरंकुश साशनका पक्षधरले बुझुन् जनताले फालेको राजतन्त्र अब फर्किन सक्दैन । नागरिक बनेका पूर्व राजालाई राजनीतिमा आउन मन भए राप्रपा वा अरू दलको अध्यक्ष बनेर चुनावमा जाउ र जनताबाट शक्ति प्राप्त गरेर आफ्नो राजनीतिक लक्ष्य पुरा गर,’ उनले भनिन् ।

निरंकुश शासनको पुनरागमन अब संभव नरहेको उनको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved