आईपीएल

गुजरातको मुम्बईमाथि ३६ रनको जित

नेपालभ्युज

गुजरातको मुम्बईमाथि ३६ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्समाथि जित हासिल गरेको छ ।

हैदराबादमा शनिबार राति भएको खेलमा गुजरातले ३६ रनको जित हासिल गरेको हो ।

गुजरातले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले भेट्टाउन सकेन । मुम्बईले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए ।

गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णले सर्वाधिक दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

उसका लागि साई शुदर्शनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।

मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक दुई विकेट लिएए ।

गुजरात लिगको तेस्रो स्थानमा छ भने मुम्बई नवौं स्थानमा सीमित छ ।

यसअघि शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले चेन्नई सुपर किङ्ग्सलाई ५० रनले हराएको थियो ।

हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved