सेयर बजारमा हरियाली, साढे सात अर्बको कारोबार

नेपालभ्युज

सेयर बजारमा हरियाली, साढे सात अर्बको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २४ अङ्कले बढेर २६९५ दशमलव ५५ को विन्दुमा पुगेको छ ।

आइतबार ३२३ कम्पनीको ७६ हजार ३५४ पटकको कारोबारमा एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँ रहेको छ ।

२२२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनी घटेका छन् । १३ उपसमूहमध्ये म्युचुअल फन्डमा झिनो गिरावट आएको छ भने बाँकी हरियाली छन् । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved