काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाविरुद्ध राजद्रोहको मुद्दामा अनुसन्धानका लागि म्याद प्रक्रिया अघि बढेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता गोकुलप्रसाद निरौलाका अनुसार नेताद्वयसहित ११ जनाविरुद्ध राजद्रोहको मुद्दा अघि बढाइएको हो ।
सरकारी वकिल कार्यालयबाट कानुनी प्रक्रिया पूरा गर्दै उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौं जिल्ला अदालतको न्यायाधीश तारादेवी महर्जनको इजलासमा म्याद थप सम्बन्धी बहस जारी छ ।
यस्तै पक्राउ परेका अन्य ३१ जनाविरुद्द आपराधिक उपद्रवमा म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।
राजद्रोहको अभियोग पुष्टि भए अधिकतम २५ वर्षसम्मको कैद हुनसक्ने व्यवस्था छ । आपराधिक उपद्रवमा पाँच वर्षसम्म कैद हुनेछ । गत शुक्रवार राजावादीहरूको आन्दोलन हिंसात्मक बनेको थियो ।
आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोडसहित लुटपाट समेत भएका थिए । उक्त घटनामा दुई जनाको ज्यान गएको थियो । आन्दोलन हिंसात्मक बनाउन उक्साएको भन्दै मिश्र र राणा पक्राउ परेका थिए ।
तीनकुने घटनामा पक्राउ परेकाहरू जिल्ला अदालतमा पेश, हत्कडी लगाउँदा यस्तो देखिए रवीन्द्र (तस्वीरहरू)
Facebook Comment
Comment