प्रधानमन्त्रीले बोलाएको गणतन्त्रपक्षधर बैठकमा गएनन् प्रचण्ड र माधव

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाएको गणतन्त्रपक्षधर बैठकमा गएनन् प्रचण्ड र माधव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्रपक्षधर दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत साजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित छैनन् ।

सिंहदरबारमा भएको बैठकमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष पम्फा भुसाल उपस्थित छन् । यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर बैठकमा सहभागी छन् ।

यस्तै जसपाका अध्यक्ष अशोक राई, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईलगायत बैठकमा सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved