आईपीएल

हैदराबादमाथि दिल्लीको सहज जित, दुई खेलमा शतप्रतिशत नतिजा

नेपालभ्युज

हैदराबादमाथि दिल्लीको सहज जित, दुई खेलमा शतप्रतिशत नतिजा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । विसाखापट्नममा आइतबार भएको खेलमा दिल्लीले सात विकेटको सहज जित हासिल गरेको हो ।

हैदराबादले दिएको १६४ रनको लक्ष्य दिल्लीले मात्र तीन विकेट गुमाएर २४ बल बाँकी छँदै पूरा गर्यो ।

दिल्लीका लागि फाफ डे प्लेसिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५० बनाए । हैदराबादका जिशान अन्सारीले तीन विकेट लिएपनि टोलीलाई जिताउन पर्याप्त भएन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । उसका लागि अङ्कित बर्माले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७४ रन बनाए ।

दिल्लीको जितमा मिचेल स्टार्कले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी बने ।

दिल्लीको यो दुई खेलमा शतप्रतिशत जित हो भने हैदराबादको दोस्रो हार हो । हैदराबादले एक खेलमा भने जित हासिल गरेको छ ।

यसअघि दिल्लीले लखनऊ सुपरजाइन्टलाई हराएको थियो । दिल्ली अङ्क तालिकाको दोस्रो तथा हैदराबाद आठौं स्थानमा छ ।

गुजरातको मुम्बईमाथि ३६ रनको जित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved