आईपीएल

चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित

नेपालभ्युज

चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।

गुवाहाटीमा आइतबार राति सकिएको खेलमा राजस्थानले ६ रनको रामाञ्चक जित हासिल गरेको हो ।

राजस्थानले दिएको १८३ रनको विशाल लक्ष्य चेन्नईले भेट्टाउन सकेन । उसले निर्धारित २० ओभरमा अलआउट हुँदै १७६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि कप्तान ऋतु गल्कवाडले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।

राजस्थानका वानिन्डु हसरङ्गाले सर्वाधिक चार विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

राजस्थानका लागि नीतिश राणाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८१ रन बनाए । उनी खेलमा उत्कृष्ट खेलाडी पनि घोषित भए ।

जारी प्रतियोगितामा राजस्थानको तीन खेलमा दोस्रो जित हो । उ अङ्क तालिकाको नवौं स्थानमा छ ।

यस्तै समान चार अङ्क रहेको चेन्नई भने नेट रनरेटका आधारमा लिगको सातौं स्थानमा छ ।

हैदराबादमाथि दिल्लीको सहज जित, दुई खेलमा शतप्रतिशत नतिजा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved