आईपीएल

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित

नेपालभ्युज

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा घरेलु टाेली मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आईपीएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो । यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको छ ।

कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । मुम्बईका लागि रायन रिकेलटनले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए । उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका हिर्काए । यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए । मुम्बईले अतिरिक्त तीन रन प्राप्त गर्‍यो । कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट हात पारे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६ दशमलव दुई ओभरमा १० विकेट गुमाउँदै एक सय १६ रन बनाएको थियो । कोलकाताका लागि अङ्गकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुुन् ।

कोलकाताका लागि रमनदीप सिंहले २२, मनीष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणेले ११ र आन्द्रे रसेलले पाँच रन बनाए । त्यस्तै, हर्षित राणाले चा, वेङ्कटेश अय्यरले तीन, क्विन्टन डे कक र स्पेन्सर जाँनसन समान एक–एक बनाउँदा सुनिल नारायणले एक रन पनि जोड्न सकेनन् । कोलकाताले अतिरिक्त सात रन प्राप्त गरेको थियो । मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक चार विकेट लिएका छन् ।

दीपक चाहरले दुई विकेट हात पार्दा कप्तान हार्दिक पाण्डेय, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर र मिचेल सेन्टनरले समान एक–एक विकेट लिए ।

चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved