सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित

नेपालभ्युज

सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ ।

सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो ।

उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved