सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

नेपालभ्युज

सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १५ दशमलव ५७ अङ्कले घटेर २६७७ दशमलव ५५ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३२० कम्पनीका ५६ हजार ५४८ पटकको कारोबारमा एक करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० रुपैयाँ रहेको छ ।

४२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये १२ वटा घट्दा व्यापार समूहमा हरियाली छाएको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved