तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ
सांकेतिक तस्वीर

जनकपुरधाम । महोत्तरीमा तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जलेश्वर नगरपालिकाका १७ वर्षीय किशोरलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बालिकाको अभिभावकको जाहेरीपछि प्रहरीले आरोपीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए। आइतबार अपराह्न आरोपीले घरबाहिर खेलिरहेकी बालिकालाई घरको भान्साकोठामा लगेर बलात्कार गरेको बताइएको छ।

पीडक पक्षले घटना मिलाउन दबाब दिए पनि पीडित बालिकाका बाबुले अस्वीकार गरेपछि आरोपीलाई उसका अभिभावकले भगाएका थिए।

घटना ज्यादै संवेदनशील रहेकाे र यसबारे सोमबार मात्र जानकारी आएको बताउँदै एसपी पोखरेलले सोमबार साँझ नै आरोपीलाई लुकाइछिपाई राखेको अवस्थामा घरबाटै प्रकाउ गरेको जानकारी दिए। घटना मिलाउन पीडक पक्षबाट दबाब आएको जानकारी पाएको बताउँदै उनले पीडित बालिका र उनका अभिभावकको सम्पूर्ण सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गरे।

बालिकालाई असह्य पीडा भएपछि प्रादेशिक अस्पताल लगेर उपचार गराइएको थियो। प्रहरीमा जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण समेत गराइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved