भूकम्पपीडितलाई राहत बोकेर म्यानमार उड्यो सेनाको टोली

नेपालभ्युज

भूकम्पपीडितलाई राहत बोकेर म्यानमार उड्यो सेनाको टोली

काठमाडौं । नेपाली सेनाको एक टोली भूकम्पपीडितका लागि राहत लिएर म्यानमार प्रस्थान गरेको छ ।

नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन-२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको सेनाले जनाएको छ ।

विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्नेछ ।

म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved