मधेस प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

नेपालभ्युज

मधेस प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

जनकपुर । मधेस प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटकपटक निर्देशक परिवर्तन भएसँगै त्यहाँ विवाद हुँदा औषधि खरिद हुननसकेको बताइएको छ । औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् ।

हाल प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोकेअनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन ।

मधेस प्रदेशको १३६ स्थानीय तहमा प्रयोगशाला स्थापना गरेकोे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण मिश्रलाई हटाइएको थियो । मिश्र उच्च अदालत जनकपुरधामको आदेश पछि पुनः जिम्मेवारीमा फर्किएका छन् ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा औषधि आपूर्तिका लागि प्रक्रिया अगाडि बढाइ सकिएको र चाँडै आपूर्ति हुने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधिमध्ये आधा पनि उपलब्ध गराउन सकेको छैन । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved