आईपीएल

हैदराबादमाथि गुजरातको सात विकेटको जित

नेपालभ्युज

हैदराबादमाथि गुजरातको सात विकेटको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादमाथि जित हासिल गरेको छ ।

मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरेपछि गुजरातले आइतबार हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । सिराजले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।

चौथो खेलमा तेस्रो विजय हात पारेपछि गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता गत वर्षको उपविजेता हैदराबाद भने ५ खेलमा चौथो पराजयसँगै अङ्क तालिकाको पुछारमा यथावत् छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५२ रन मात्र बनाउन सकेको थियो । प्लेयर अफ द म्याच सिराजले ओपनरद्वय ट्राभिस हेडलाई ८ र अभिषेक शर्मालाई १८ रन बनाएको स्थितिमा आउट गराए । यस्तै उनले १८ रन बनाएका अनिकेत बर्मालाई मात्र नभएर सिमरजित सिंहलाई शून्यमा आउट गरेका थिए ।

प्रसिद्ध कृष्ण र साई किशोरले पनि कसिलो बलिङ गर्दै २–२ विकेट लिए ।

घरेलु टोली हैदराबादबाट नितिशकुमार रेड्डीले ३४ बलमा ३१, हेनरिक क्लासेनले १९ बलमा २७, ईशान किसनले १४ बलमा १७ रन बनाए ।

कप्तान शुभमन गिलले अविजित ६१ रन बनाएपछि गुजरातले १६.४ ओभरमै लक्ष्य पूरा गर्यो । मोहम्मद सामीले साई सुदर्शनलाई ५ र प्याट कमिन्सले जोस बटलरलाई शून्यमा आउट गरे पनि गिल र वासिङ्टन सुन्दरले तेस्रो विकेटमा ९० रनको साझेदारी गरी गुजरातलाई विजयको नजिक पुर्याएका थिए ।

गिलले आफ्नो इनिङ्समा ९ चौका प्रहार गरे । सुन्दर २९ बल खेली ५ चौका र २ छक्का प्रहार गरी ४९ रनमा आउट भए । उनको स्थानमा आएका शेरफन रदरफोर्डले १६ बल खेली ६ चौका र १ छक्का प्रहार गरी अविजित ३५ रन बनाए । हैदराबादबाट शामीले २ विकेट लिए ।

आईपीएलमा पन्जाब किङ्सको पहिलो हार, राजस्थानसँग ५० रनले पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved