वानखेडे स्टेडियममा बैङ्गलोरले मुम्बईलाई १० वर्षपछि हराउला ?

नेपालभ्युज

वानखेडे स्टेडियममा बैङ्गलोरले मुम्बईलाई १० वर्षपछि हराउला ?

काठमाडौं । आईपीएल (IPL) २०२५ मा आज मुम्बई इन्डियन्स (एमआई) ले रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) को सामना गर्नेछ ।

१८औं सिजनको २०औं खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

यस सिजनको सुरुवाती ४ खेलमध्ये ३ खेलमा मुम्बईले हार व्यहोर्नु परेको थियो । जबकि, बैङ्गलोरले ३ खेलमध्ये २ जितेको छ भने १ खेल हारेको छ ।

बैङ्गलोरले १० वर्षदेखि वानखेडेमा मुम्बईविरुद्ध जित हासिल गरेको छैन । टोलीले यहाँ अन्तिम पटक सन् २०१५ मा जितेको थियो ।

हेड टू हेडमा मुम्बई अगाडि

हेड टू हेडमा मुम्बईको अग्रता छ । आईपीएलमा हालसम्म दुई टोलीबीच जम्मा ३५ खेल भएको छ ।

मुम्बईले २१ र बैङ्गलोरले १४ जितेको छ । साथै, दुवै टोली वानखेडे रङ्गशालामा १० पटक आमनेसामने भएका छन् । जसमध्ये एमआईले ७ पटक र आरसीबीले ३ पटक जितेको छ ।

मुम्बईका ब्याट्सम्यान सूर्यकुमार यादव टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ४ खेलमा १७१ रन बनाएका छन् । सूर्यले लखनऊ सुपर जायन्ट्सविरुद्ध ४३ बलमा ६७ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

जबकि हार्दिक पाण्ड्या बलिङमा शीर्ष स्थानमा छन् । हार्दिकले ३ खेलमा ८ विकेट लिएका छन् । उनले लखनउ विरुद्ध ४ ओभरमा ५ विकेट लिए ।

यता, यस सिजनमा अहिलेसम्म बैङ्गलोरका ४ फरक खेलाडीले अर्धशतक बनाएका छन् । साथै, ब्याट्सम्यान फिल साल्टले टोलीका लागि सबैभन्दा धेरै रन बनाएका छन् । उनले ३ खेलमा जम्मा १०२ रन बनाएका छन् । साल्टले पहिलो खेलमा केकेआर विरुद्ध ५६ रन बनाएका थिए ।

टोलीका जोश हेजलवुड विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले ३ खेलमा जम्मा ६ विकेट लिएका छन् । उनले चेन्नई सुपर किंग्स विरुद्ध २१ रन दिँदै ३ विकेट लिए ।

बुमराहले पुनरागमन गर्नसक्ने

एमआईका फास्ट बलर जसप्रीत बुमराहले आजको खेलबाट यस सिजनमा पुनरागमन गर्न सक्छन् । चोटबाट फर्किएपछि उनी आइतबार एमआई टोलीमा सामेल भएका थिए ।

बोर्डर-गावस्कर ट्रफीको क्रममा तीव्र गतिका बलर घाइते भएका थिए । ढाडको तल्लो भागमा लागेको चोटका कारण बुमराह च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिएका थिए । उनी पछिल्ला केही दिनदेखि बैङ्गलोरको बीसीसीआई सेन्टर अफ एक्सिलेन्स (सीओई) मा पुनर्वास गराइरहेका थिए ।

पिच रिपोर्ट

वानखेडेको पिच ब्याट्सम्यानका लागि उपयोगी साबित हुन्छ । यहाँ तीव्र गतिका बलरहरूले केही सहयोग पाउँछन् ।

यहाँ अहिलेसम्म ११७ आईपीएल खेल खेलिएका छन् । ५४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ६३ खेलमा पछ्याउने टोलीले जितेको छ ।

सम्भावित प्लेइङ-१२

मुम्बई : हार्दिक पाण्डेय (कप्तान), रायन रिकेल्टन (विकेटकिपर), विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, अश्विनी कुमार, विग्नेश पुथुर, रोबिन मिन्ज ।

बैङ्गलोर : रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड, यश दयाल, रसिक सलाम ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved