सेयर बजारमा भारी गिरावट, कारोबार रकम ५ अर्ब ६५ करोड 

नेपालभ्युज

सेयर बजारमा भारी गिरावट, कारोबार रकम ५ अर्ब ६५ करोड 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ ।

नेप्से परिसूचक आज  ३२ दशमलव ४५ अङ्कले घटेर २६७० दशमलव ९४ को विन्दुमा पुगेको छ ।

सोमबार ३२२ कम्पनीका ५५ हजार ७१२ पटकको कारोबारमा एक करोड एक लाख ४ हजार ८६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

२३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको मूल्य घटेको छ । १३ उपसमूह सबै राताम्मे हुँदा आज हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले भने कमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved