आईपीएल

बैङ्लोरले १० वर्षपछि मुम्बईलाई वानखेडेमा हरायो

नेपालभ्युज

बैङ्लोरले १० वर्षपछि मुम्बईलाई वानखेडेमा हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले मुम्बईलाई हराएको छ ।

वानखेडे रङ्गशालामा मङ्गलबार भएको खेलमा बैङ्लोरले मुम्बईमाथि १२ रनको जित हासिल गरेको हो ।

बैङ्लोरले दिएको २२२ रनको विशाल लक्ष्य घरेलु टोली मुम्बईले भेट्टाउन सकेन । मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक बर्माले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनले ५६ रन जोडेका हुन् । पूर्वकप्तान रोहित शर्मा १७ रन बनाएर आउट भए ।

बैङ्लोरका लागि कुनाल पाण्ड्याले सर्वाधिक ४ विकेट लिए । उनी खेलको मूल्यवान खेलाडी बने । यस्तै यश दयाल र जोश हजलउडले २–२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

बैङ्लोरका लागि दुई खेलाडीले अर्धशतक बनाए । विराट कोहलीले सर्वाधिक ६७ तथा कप्तान रजत पतिदारले ६४ रन जोडे । पतिदार खेलको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै जितेश शर्माले अविजित ४० रन बनाए ।

मुम्बईका लागि ट्रेन्ट बाल्ट र हार्दिक पाण्ड्याले सर्वाधिक २–२ विकेट लिए ।

बैङ्लोरले वानखेडे रङ्गशालामा १० वर्षपछि मुम्बईलाई हराएको हो ।

यससँगै बैङ्लोरले ४ खेलमा ३ खेल जितेर ६ अङ्क जोडेको छ । बैङ्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

हारसँगै लिगको आठौँ स्थानमा सीमित रहेको मुम्बई मात्र २ अङ्क जोडेको छ । उसले ५ मध्ये ४ खेल हारेको छ ।

सम्बन्धित समाचार :

वानखेडे स्टेडियममा बैङ्गलोरले मुम्बईलाई १० वर्षपछि हराउला ?

हैदराबादमाथि गुजरातको सात विकेटको जित

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved