काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा शक्ति प्रदर्शन गरिरहेको छ । जनप्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ ।

सो प्रदर्शनलाई लिएर सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ ।

नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी हजारौँ सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

राप्रपाले गर्ने प्रदर्शन र आमसभाको सुरसार नहुँदै मङ्गलबार बिहानैदेखि सुरक्षा परिचालन गरिएको हो ।

बल्खुको हालसम्म स्थिति सामान्य रहेको छ ।

राप्रपाको आन्दोलनलाई जगमान गुरुङले अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ ।
साथै दुर्गा प्रसाईंका कार्यकर्ता पनि सहभागी हुने सम्भावनालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीकाे भनाइ छ ।

प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राप्रपाले स्थान परिवर्तन गरेर बल्खुमा प्रदर्शन गरिरहेको हो ।

राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।
काठमाडौं आज आन्दोलनमय बन्दै, राप्रपासहित तीन सङ्गठनका छुट्टाछुट्टै प्रदर्शन
Facebook Comment
Comment