डिओपको निर्णायक गोलमा काठमाडौं रेजर्सले गर्‍यो पहिलो जित दर्ता

नेपालभ्युज

डिओपको निर्णायक गोलमा काठमाडौं रेजर्सले गर्‍यो पहिलो जित दर्ता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

मङ्गलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा अमादोउ डिओपले ८९औं मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै काठमाडौं रेजर्स  चार खेलबाट ५ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ।

खेलको ७१औं मिनेटमा बुटवल लुम्बिनीका डिफेन्डर सुमन श्रेष्ठले रातो कार्ड पाएपछि बुटवल १० खेलाडीमा सीमित भएको थियो। काठमाडौं रेजर्सले खेलमा थुप्रै अवसर पाए पनि बुटवल लुम्बिनीका गोलकिपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेको थिएन।

यो हारसँगै बुटवल लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ। चार खेलबाट १ अंक मात्र जोडेको बुटवल लिगको अन्तिम स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved