आईपीएल

पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार

नेपालभ्युज

पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ । मङ्गलबार पञ्जाबमा भएको खेलमा घरेलु टोलीले चेन्नई सुपर किङ्सलाई १८ रनले हराएको हो ।

पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रनमा सीमित भयो । डेभन कनवेले अर्धशतकसहित सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

पञ्जाबका लकी फर्गुसनले २ तथा ग्लेन म्याक्सवेल र यश ठाकुरले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । ओपनर प्रियान्श आर्याले शानदार शतक बनाए । ३९ बलमै शतक पूरा गरेका उनले बलमा ७ चौका र ९ छक्कासहित ४२ बलमा १०३ रन बनाएका हुन् । शशाङ्क सिंह अर्धशतकसहित ५२ रनमा अविजित रहे ।

मार्को जानसेन १९ बलमा ३४ रनमा नटआउट रहे । चेन्नईका खलील अहमद र रविचन्द्रन आश्विनले २–२ विकेट लिए ।

पञ्जाबले ४ खेलमा तेस्रो जित निकालेको हो । यस जितसँगै ४ खेलमा ६ अङ्क जोडेको पञ्जाब अङ्कतालिकामा चौथो स्थानमा उक्लिएको छ ।

यता ५ खेलमा २ अङ्क मात्र रहेको चेन्नई नवौं स्थानमा छ । चेन्नईको यो पाँचौं खेलमा चौथो हार हो ।

बैङ्लोरले १० वर्षपछि मुम्बईलाई वानखेडेमा हरायो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved