वार्तामा बस्न शिक्षक महासङ्घद्वारा अस्वीकार, समस्या समाधानका लागि दियो तीन विकल्प

नेपालभ्युज

वार्तामा बस्न शिक्षक महासङ्घद्वारा अस्वीकार, समस्या समाधानका लागि दियो तीन विकल्प

काठमाडौं । नेपाल शिक्षक महासंघले अहिलेकै अवस्थामा वार्तामा नबस्ने जवाफ सरकारलाई दिएको छ । आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको बताएको छ ।

सरकारले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै महासंघलाई वार्तामा आउन आग्रह गरेपछि बसेको शिक्षक महासंघको बैठकले वार्तामा बस्नुको औचित्य नरहेको भन्दै सरकारलाई तीनवटा विकल्प प्रयोग गरेर आफ्ना माग पूरा गर्न सक्ने सुझाव दिएको छ ।

‘अहिलेको अवस्थामा संसदको वर्षे अधिवेसन तत्कालै शुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्याधेश जारी गर्ने मध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी हुन सक्दछ,’ महासंघले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघले विज्ञप्तिमा भनेको छ, ‘विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा तत्काल निर्णय लिँदै ऐन जारी गर्न माथि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताको विश्वसनीय वातावरण निर्माण हुन्छ ।’

विद्यालय शिक्षा ऐन जारीको माग गर्दै काठमाडौं आएर आन्दोलनरत शिक्षकहरूलाई सरकारले तेस्रोपटक वार्तामा बोलाएको हो । तर, शिक्षक महासंघले भने विश्वासको वातावरण नबनेको भन्दै शैक्षिक हडतालसहित शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved