बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम पाइने

नेपालभ्युज

बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम पाइने

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ ।

अब प्रयोगकर्ताहरूले बिना धितो इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिनसक्ने भएका छन् । घरैबाट बिना लाइन बसेर तुरुन्तै आफ्नो खल्ती खातामै कर्जा आउने कम्पनीले जनाएको छ ।

बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो इ-कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन् । कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै ५० हजार रुपैयाँसम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ खल्तीले यो सहकार्यमा यो सुविधा ल्याएको हो । तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने यस ई-कर्जा सेवाबाट धेरै ग्राहक लाभान्वित हुनुहुने कुरामा हामी विश्वास छौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved