आईपीएल

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

नेपालभ्युज

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ ।

यो जितसँगै गुजरात अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । गुजरातको ५ खेलबाट ८ अङ्क भएको हो । यसअघि शीर्षमा रहेको दिल्ली क्यापिटल्स भने ६ अङ्कसहित दोस्रो स्थानमा रह्यो ।

जितका लागि २१८ रन लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा सबै विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो । त्यसमा सिमरन हेटमारले सर्वाधिक ५२ रन बनाए । कप्तान सञ्जु सामसनले ४१ रनको योगदान गरे ।
गुजरातका बलरमध्ये प्रसिद्ध सबैभन्दा सफल रहे । उनले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए ।

हैदराबादमा बुधबार राति टस हारेर पहिले ब्याटिङका लागि उत्रेको गुजरातले ६ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । गुजरातलाई जित दिलाउन साई सुदर्शनले आक्रामक ८२ रन बनाए ।

सुदर्शनले ५३ बलको मात्र सामना गर्दै ८ चौका तथा ३ छक्का प्रहार गरे । गुजरातको योगफलमा जस बटलर र मसुद शाहरूख खानको समान ३६ रनको योगदान रह्यो ।

अन्त्यतिर राहुल तेवाटिया २४ रनमा नटआउट रहे । राजस्थानका लागि तुसार देशपाण्डे र महेश थिक्षनाले २–२ विकेट लिए ।

हारले राजस्थान चार अङ्कमै सीमित रहेर सातौं स्थानमा रह्यो ।

पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved