च्याम्पियन्स लिग

बार्सिलोना र पीएसजीको सेमिफाइनल सम्भावना बलियो

नेपालभ्युज

बार्सिलोना र पीएसजीको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएका छन् ।

बिहीबार बिहान सकिएका खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्ड र पीएसजीले इङ्लिस क्लब एस्टन भिल्लालाई हराएका हुन् ।

घरेलु टोली बार्सिलोनाले क्वार्टरफाइनलको पहिलो लेगमा डर्टमन्डलाई ४–० ले हराएको हो ।

युरोपियन प्रतियोगितामा यो सिजन राफिन्हाको १२औं गोल गरेपछि बार्सिलोनाले २५औं मिनेटमा अग्रता बनायो । त्यसपछि रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफमा दुई गोल थपे र लामिन यामालले चौथो गोल गर्दै स्पेनिस टोलीलाई सेमिफाइनलको यातातर्फ डोहोर्याए ।

यस्तै अर्को खेलमा पीएसजीले घरेलु मैदान पेरिसमा भिल्लालाई ३–१ ले हराएको छ ।

पीएसजीले घरेलु मैदानमा पुनरागमन जित हासिल गरेको हो ।

मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ३९औं मिनेटमा डेजायर डोउले पीएसजीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफ सुरु भएको ४ मिनेटमा ख्विचा ख्वारात्स्खेलियाले गोल गर्दै खेललाई पूर्ण रुपमा पीएसजीको पक्षमा मोडे ।
इन्ज्युरी समयमा नुनो मेन्डेसले तेस्रो गोल गरेपछि टोलीको जित थप फराकिलो बन्यो ।

मङ्गलवार आर्सनलले साविक विजेता रियल मड्रिडलाई ३–० र इन्टर मिलानले बायर्न म्युनिखलाई २–१ ले हराए ।

अब क्वार्टरफाइनलमा दोस्रो लेग आगामी हप्ता हुँदैछन् । ती निर्णायक हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved