चीनले आफ्ना नागरिकलाई भन्यो – अमेरिका जानुअघि सोचविचार गर्नू

नेपालभ्युज

चीनले आफ्ना नागरिकलाई भन्यो – अमेरिका जानुअघि सोचविचार गर्नू

काठमाडौं । चीनले अमेरिका यात्रा गर्ने आफ्ना नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकहरूलाई अमेरिकाको यात्रा गर्नु अघि त्यहाँको अवस्थाको पूर्ण मूल्याङ्कन गर्न आग्रह गरेको छ ।

अमेरिकाको सुरक्षा अवस्था र बिग्रँदै गएको  व्यापार सम्बन्धका कारण यात्रा जोखिमपूर्ण हुनसक्ने चीनले बताएको छ ।

यसबाहेक चीनको शिक्षा मन्त्रालयले विद्यार्थीहरूको लागि छुट्टै चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । यसमा विद्यार्थीहरूलाई अमेरिका नजान सल्लाह दिइएको छ, किनकि उनीहरूले त्यहाँ भिसा, कागजी कार्य वा कानुनी समस्याहरूको सामना गर्न सक्छन् ।

उल्लेखनीय छ कि चीन र अमेरिका ट्यारिफको विषयमा आमनेसामने आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा १२५% कर लगाएका छन् । यसैबीच चीनले अमेरिकी सामानहरूमा ८४% कर लगाउने घोषणा गरेको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा पर्ने असर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved