चितवन । नेपालका लागि चाङ्गानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले चितवनबाट निकै रुचाइएको दिपल ईभीहरूको बिक्रीवितरणलाई औपचारिक रूपमा सुरु गरेको छ ।
बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटो मोबाइलका निर्देशक दिलीप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन् ।
दिपल ईभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनमा चाङ्गानको सफलताको कामना गरे । साथै, उनले चाङ्गान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सय वटा भन्दा दिपल बिक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो ईभीप्रेमीको रोजाइमा परेको बताए ।
दिपलको नयाँ सोरुम चितवनमा
एमएडब्लु वृद्धिले राजहंस अटो मोबाइलमार्फत चितवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको छ ।
चितवनमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीन दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा चितवनका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरू दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल ईभी खरिद गर्न सक्नेछन् । यसका साथै, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको वेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनेछन् ।
साथै, दिपलका ईभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पनि पाउने बताइएको छ । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो ईभी नेपाली बजारमा आठ सयभन्दा बढी बिक्री भइसकेको छ ।
Facebook Comment
Comment