काठमाडौं । सरकार र नेपाल शिक्षक महासङ्घबीच शिक्षा मन्त्रालयमा भएको वार्ता सम्पन्न भएको छ।
वार्तामा भएको सहमतिबारे शिक्षा मन्त्रालयले तत्काल खुलाउन चाहेन। “आजको वार्ता सकिएको छ। वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं,” शिक्षामन्त्रालय सचिवालयका एक सदस्यले बताए।
वार्तामा शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली र सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराईसहितको टोली सहभागी थियो।
शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ। उनीहरूले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक कब्जा गरेर प्रदर्शन गरेका थिए।
मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो।
Facebook Comment
Comment