काठमाडौं । नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यस अपडेटले प्रयोगकर्तालाई थप आकर्षक डिजाइन र उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य राखेको छ।
अपडेटमा नोट्स र इभेन्ट्स पेजलाई नयाँ डिजाइनमा प्रस्तुत गरिएको छ। प्रयोगकर्ताले नोट्समा तस्वीरहरू प्रयोग गरी योजना र सम्झनाहरू व्यवस्थित गर्न सक्नेछन्। क्यालेन्डर पेजमा पनि राखिएका नोट्सहरू देख्न सकिनेछ।
हाम्रो पात्रोको नयाँ फिड पेजमा जानकारीमूलक र मनोरञ्जनात्मक सामग्रीहरू आकर्षक डिजाइनमा उपलब्ध छन्। प्रयोगकर्ताले फिड पेजमा रहेका सामग्रीहरूमा लाइक, कमेन्ट र शेयर गर्न सक्नेछन्, जसले संवाद र अनुभव आदान प्रदान गर्न सहयोग गर्छ।
नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष विशेष पेज’ पनि थपिएको छ। यसमा वर्षभरिका घटनाहरूको समीक्षा, इ-कार्डहरू, साइत, बिदा, चाडपर्वहरू र वार्षिक राशिफल राखिएको छ। साथै, २०८१ को सम्झना र २०८२ को उत्साह समेटिएको क्विजहरू पनि उपलब्ध छन्।
हाम्रो पात्रोका सीइओ शंकर उप्रेतीले यो अपडेट प्रयोगकर्ताको सुझाव र आवश्यकता अनुसार तयार पारिएको बताए। यो अपडेटले दैनिक जीवनलाई सहज बनाउने र प्रयोगकर्ताको अनुभवलाई अझ व्यक्तिगत बनाउने उनको भनाइ छ।
प्रयोगकर्ताहरूले तिथि मितीमा कुनै समस्या देखिएमा एप अपडेट गर्न र थप सुझावहरू [email protected] मा पठाउन अनुरोध गरिएको छ।
Facebook Comment
Comment