एकीकृत समाजवादी कोशीमा महिला नेतृत्व

नेपालभ्युज

एकीकृत समाजवादी कोशीमा महिला नेतृत्व

इटहरी । कोशी प्रदेशमा नेकपा एकीकृत समाजवादीले महिला नेतृत्व पाएको छ ।

पूर्वसांसदसमेत रहेकी सरिता थापा खड्का एकीकृत समाजवादी कोशी प्रदेशको अध्यक्षमा चयन भएकी हुन् ।

पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको दाबीका बीच खड्कालाई अध्यक्ष चयन गरिएको हो ।

केन्द्रीय सदस्यसमेत रहेका एकीकृत समाजवादीका नेता ओसिम आलमले खड्का विजयी भएको जानकारी दिए ।

नेतृत्व चयनका लागि बुधवार निर्वाचन हुने भनिएको थियो । तर, निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved