हेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालभ्युज

हेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्वीर

हेटौंडा । मकवानपुरको हेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ गुरुधामचोकस्थित धरानचतरा सडकखण्डमा शुक्रबार बिहान उक्त दुर्घटना भएको हो ।

ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको बाप्र ०३–०४ प ९५२६ नबरको स्कुटरले ठक्कर दिँदा ७६ वर्षीय स्थानीय अनिरुद्र बस्ताकोटीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

‘पैदलयात्रीलाई प्रारम्भिक उपचारका लागि हेटौँडा अस्पताल पठाइएका थियो । त्यसपछि उनलाई थप उपचारका लागि चितवन रिफर भएकोमा शुक्रबार बिहान मृत्यु भएको हो,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved