बौद्धमा तेमाल जात्रा : पितृको चीरशान्तिका लागि बत्ती बाल्ने परम्परा (तस्वीरहरू)

बौद्धमा तेमाल जात्रा : पितृको चीरशान्तिका लागि बत्ती बाल्ने परम्परा (तस्वीरहरू)

काठमाडौं । बौद्ध क्षेत्रमा मनाइने तेमाल जात्रा आज (शुक्रबार)देखि सुरु भएको छ । चैत्र शुक्ल चतुर्दशीका दिन सुरु हुने यो जात्रा विशेषगरी तामाङ समुदायमा दिवङ्गत पितृको चीरशान्तिका लागि मनाइने गरिन्छ ।

बौद्ध महास्तुप क्षेत्रमा लाग्ने यस जात्रामा मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौं उपत्यकाका तामाङ समुदायका श्रद्धालुको भीड लाग्ने गर्दछ ।

जात्राको अवसरमा भक्तजनहरूले दिवङ्गत पितृको सम्झनामा ‘छ्योमी’ कबत्ती बाल्ने, लामा गुरुहरूद्वारा पूजा पाठ तथा ‘ङोपा–मोन्लम’ गर्ने धार्मिक परम्परा रहेको छ ।

चतुर्दशीको रात बत्ती बालेर जागाराम बसेका दर्शनार्थीहरूले पूर्णिमाको बिहान बालाजुस्थित बाइसधारामा स्नान गर्ने गर्छन् । त्यसपछि स्वयम्भू महाचैत्यमा पूजा गरी जात्रा समापन गर्ने परम्परा रहेको छ ।

किम्बदन्ती अनुसार तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तुपको पुनर्निर्माण सम्पन्न गराएपछि यो जात्रालाई राजकीय चाडको मान्यता दिएका थिए । हाल तेमाल जात्रालाई सरकारले राष्ट्रिय पर्वको मान्यता प्रदान गरेको छ ।

थप तस्वीरहरू :

   


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved