दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

नेपालभ्युज

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

काठमाडौं । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतबाट नेपाल ल्याइएको छ ।

उनलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट आज (शुक्रबार) बिहान झापा ल्याइएको छ ।

अब प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै ११ बजे काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ ।

प्रसाईंलाई ल्याइएपछि झापाको काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने प्रहरीको तयारी रहेको बुझिएको छ ।

प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले बिहीबार जनाएको थियो ।

तर नेपाल प्रहरीले भने मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं पक्राउ परेको विषयको खण्डन गर्दै उनी खोजीको सूचीमा रहेको जनाएको थियो ।

प्रहरीले भन्यो : दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved