पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

नेपालभ्युज

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

पोखरा । पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।

पोखरा–९ बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेलको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा परेर स्कुटरको चालकसमेत रहेकी शिवराजकी छोरी २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved