सुनको मूल्य तोलाकै १ लाख ८५ हजार

नेपालभ्युज

सुनको मूल्य तोलाकै १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि यही बिहीबार सुनको मूल्य तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको थियो । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ ।

यस्तै, चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved