प्रसाईंसँगै उनका अङ्गरक्षक पनि पक्राउ, काठमाडौं ल्याइँदै

नेपालभ्युज

प्रसाईंसँगै उनका अङ्गरक्षक पनि पक्राउ, काठमाडौं ल्याइँदै
फाइल तस्वीर

काठमाडौं । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै उनीहरूलाई झापामा पक्राउ गरेर काठमाडौं ल्याइँदै गरेको जानकारी दिएको हो ।

तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता प्रसाईंलाई आज बिहान भारतबाट नेपाल ल्याइएको छ ।

प्रसाईं र उनका अङ्गरक्षक खड्कालाई अहिले भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइँदै छ । ११ बजे बुद्ध एअरको उडानमार्फत काठमाडौं ल्याएँदै गरेको हो ।

प्रसाईंलाई ल्याइएपछि झापाको काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने निर्णय गरिएको हो ।

प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले बिहीबार जनाएको थियो ।

तर नेपाल प्रहरीले भने मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं पक्राउ परेको विषयको खण्डन गर्दै उनी खोजीको सूचीमा रहेको जनाएको थियो ।

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved